बाम एकताबाट झापड लागेकाहरु गाला सुम्सुम्याउँदै रोईरहेका छन : नेता कामी

शनिबार २१ असोज २०७४ इटहरी न्युजडेस्क-

नयाँ शक्ति पार्टी नेपालका केन्द्रिय सदस्य दलमर्दन कामीले सुनसरी क्षेत्र नम्बर १मा आँफुलाई उम्मेद्वार नबनाए बागी उम्मेद्वारी दिने बताउनुभएको छ। तीन बाम घटकको एकता पछि पूर्वी खबरसँग भएको बिशेष भेटघाटमा नेता कामीले त्यसो भन्नुभएको हो।

उहाँले तीन बाम घटकको एकता ब्राम्हण एकता मात्र नहोस भनेर सुझाव दिँदै यो एकताले नेपालमा दिगो शान्ति एवं राजनीतिक स्थिरता कायम राख्न मद्दत पुर्‍याउने आशा गर्नुभयो। प्रदेश नम्बर १को सचिवालय सदस्यहरुको बैठकमा सहभागी हुन सुनसरी आउनुभएका नेता कामीले पूर्वी खबरसँग भएको बिशेष भेटघाटका क्रममा आँफूपनि सुनसरी क्षेत्र नम्बर १को निर्वाचनमा प्रतिनिधी सभाको उम्मेद्वार बन्ने बताउनुभयो। यदि तीन बाम घटकबाट आँफुलाई उम्मेद्वार नबनाए बागी उम्मेद्वारी दिने नेता कामीले बताउनुभयो।

बाम एकताबाट कतिपय दलहरुको निन्द्रा हराम भएको भन्दै नेता कामीले अव कम्युनिष्टहरुले मात्र देशमा स्थायित्व प्रदान गर्न सकने बताउनुभयो। बिभिन्न जातजातीहरुको समृद्वि बिना देशबिकास असम्भव भएको भन्दै नेता कामीले पहिचान र अधिकारको सुनिश्चितता आवश्यक रहेको बताउनुभयो।

सबै भन्दा पहिला पछि परेका आर्य खस आदिबासी जनजाती, मधेसी, थारु महिला, शिल्पी समुदायको अधिकार सुनिश्चित हुन आवश्यक रहेको उहाँको भनाई छ। ब्राम्हणहरुको एकताबाट बाम एकता हुन नसकने भन्नेहरुका लागि यो बाम एकताले गतिलो झापड हानेको भन्दै नेता कामीले कतिपयहरु अहिले पनि गाला सुम्सुम्याउँदै रोईरहेको बताउनुभयो।

२१ आश्विन २०७४, शनिबार ०५:२८ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु


मुख्य खबरहरु