बिरेन्द्र नगर क्रिकेट : शनिबारको खेलमा पथरीशनिश्चरे ११ बिजयी

शनिबार २१ असोज २०७४ पथरी करण धिताल-
मोरङको पथरीशनिश्चरेस्थित बिरेन्द्रनगरमा जारी पूर्वाञ्चल स्तरीय सातौँ बीरेन्द्रनगर च्यालेञ्ज कप क्रिकेट प्रतियोगिताको तेश्रो खेल जित्दै पथरी शनिश्चरे ११ क्वाटरफाईनलमा प्रवेश गरेको छ। शनिबार भएको तेश्रो खेलमा इटर्न बुलेट क्रिकेट क्लब दुहबी सुनसरीलाई ७ विकेटले पराजित गर्दै पथरीशनिश्चरे ११ दोश्रो चरण प्रवेश गरेको हो।

प्रतियोगितामा दुहबीले दिएको ७७ रनको बिजयी लक्ष्य पछ्याएको पथरीले १२ दशमलब ३ ओभरमा ३ विकेट गुमाउँदै जित हात पारेको हो। पथरीको जितमा राकेश दाहालले ३० र महेश रेग्मिले २० रन बनाएका छन। दुहबीका आसिस मल्लिक, रमेश साह र रवि शाहले समान १/१ विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दुहबी १४ दशमलब ५ ओभरमा मात्र ७६ रनमा समेटियो। दुहबीका लागि रोसन रोयले ३५ रन बनाउन बाहेक अन्य ब्याट्समेनले राम्रो प्रदर्शन गर्न सकेनन्।

पथरीका लागि सुमन इजम लिम्बुले ४ तथा राकेश दाहाल र शंकर भुजेलले समान २/२ विकेट लिए। खेलको म्यान अफ द म्याच ३ ओभरमा २ रन दिएर ४ विकेट लिएका पथरीका सुमन इजम लिम्बु घोषित भए।

म्यान अफ द म्याचको पुरस्कार प्रदान गर्दै क्लब अध्यक्ष राजेश कुईकेल

प्रतियोगिता अन्तर्गत भोली आइतबारको चौथो खेल फुलबारी क्रिकेट क्लब सुनसरी र रत्न युथ क्लब पथरी मोरङ बीच हुने आयोजकले जनाएको छ।

 

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close