प्रतिनिधीसभा सदस्य निर्वाचनका लागि लामा उम्मेद्वार सिफारिस

शनिबार २१ असोज २०७४ इटहरी सुनसरी-
सुनसरीको इटहरी २० तरहराका युवा नेता तेञ्जि(छत्रपती)लामाको नाम प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि सिफारिस गरिएको छ।

आदिबासी जनजाति, मधेसी, महिला,युवा मुस्लिम थारुलगायत राज्यले उत्पिडनमा पारेका समुदायको मुक्तिका लागि आँफुले प्रदेश नम्बर १को प्रतिनिधित्व गर्दै समानुपातिक तर्फबाट उम्मेद्वारी दर्ता गराएको लामाले पूर्वी खबरलाई बताउनुभएको छ।

राजपा नेपालका सचिव समेत रहनुभएका लामा मधेसी आन्दोलनको समयमा बिभिन्न ठाउँमा पुगेर नेतृत्व सम्हाल्नुभएको छ। लामा प्रदेश नम्बर १मा राष्ट्रिय जनता पार्टी नेपालका प्रिय नेता हुनुहुन्छ। राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोको प्रिय पात्र मानिने लामा खरो एवं स्पष्ट बक्ता समेत हुनुहुन्छ।

२१ आश्विन २०७४, शनिबार ११:०६ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु


मुख्य खबरहरु