एक केजी गाँजासहित यादव पक्राउ

आईतबार २२ असोज २०७४ रंगेली केशव न्यौपाने-
ईलाका प्रहरी कार्यालय रंगेलीले एक केजी गाँजासहित एकजना बृद्वलाई पक्राउ गरेको छ। प्रहरीले ५४बर्षीय बलदेव यादवलाई पक्राउ गरेको हो।

गोप्य सुचनाको आधारमा प्रहरीले मोरङ्गको सुनबर्षी नगरपालिका ४ टकुवाका यादवलाई शुक्रबार दिउसो २बजे आफ्नै घरबाट पक्राउ गरेको जनाएको छ।

यादवको घर खानतलासी गर्ने क्रममा अन्दाजी १ के.जी गाँजा फेला परेको प्रहरीले जनाएको छ। पक्राउ परेका यादवलाई लागुऔषध सम्बन्धी मुद्दा दायर गरी कारबाही अघी बढाइने प्रहरी निरिक्षक सञ्जिवबाबु खड्काले जानकारी दिनुभयो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close