झापा ५बाट केपी ओली सर्वसम्मत

आईतबार २२ असोज २०७४ इटहरी न्युजडेस्क-
मंसीर १० र २१ गते हुने प्रदेश तथा संघको निर्वाचनमा उमेद्धवार सिफारिस गर्न बसेको एमाले १ नम्वर प्रदेश संगठन कमिटिको पहिलो दिनको बैठक सम्पन्न भएको छ। इटहरीमा जारी दुईदिने बैठकमा आज प्रदेश नम्वर १ का सबै जिल्ला अध्यक्षहरुले जिल्ला कमिटिले सुझाव गरेको नामावलि प्रस्तुत गरेका एमाले केन्द्रीय सदस्य तथा प्रदेश प्रचार बिभाग प्रमुख हिक्मत कार्कीले जानकारी दिनुभयो।

जिल्लाले सुझाव प्रस्तुत गरेका नामहरुमाथि भोलि थप छलफल गरि केन्द्रमा सिफारिस गरिने प्रचारबिभाग प्रमुख कार्कीले वताउनुभयो। प्रदेश नम्वर १ मा मेची अञ्चलका सवै जिल्लावाट संघीय संसदका लागि सर्वसम्मत सुझाव पेश भईसकेको छ।

जसमा ताप्लेजुडवाट योगेश भट्टराई,पाँचथरवाट बसन्त नेम्वाङ्ग, इलाम १बाट झलनाथ खनाल र इलाम दुईबाट सुवास नेम्वाड हुनुहुन्छ। यसैगरि झापा १बाट गोपाल बुढाथोकी, २बाट पवित्रा खरेल, ३बाट पुष्प पोखरेल, ४ बाट एलपी साँवा, ५ बाट केपी शर्मा ओली,यस्तै सुनसरी ३बाट भगवती चौधरी सर्वसम्मत हुनुभएको छ।

यसैगरि अन्य सर्वसम्मत सुझाव गरिएकामा धनकुटावाट राजेन्द्र राई,सोलुखुम्वुवाट मानवीर राई हुनुहुन्छ।

२२ आश्विन २०७४, आईतवार ११:५५ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु


मुख्य खबरहरु