बिरेन्द्रनगर च्यालेञ्ज कप क्रिकेट : आईतबारको खेलमा रत्न युथ बिजयी

आईतबार २२ असोज २०७४ पथरी करण धिताल-
मोरङ्गको पथरी शनिश्चरेमा जारी पूर्वाञ्चलस्तरीय सातौ बीरेन्द्रनगर च्यालेञ्ज कप क्रिकेट प्रतियोगिताको आजको खेल जित्दै रत्न यूथ क्लब मोरङ क्वाटरफाईनलमा प्रवेश गरेको छ।

प्रतियोगिता अन्तर्गत आइतबार भएको चौथो खेलमा फुलबारी क्रिकेट क्लब सुनसरीलाई ३१ रनले पराजित गर्दै रत्नले अघिल्लो चरणमा स्थान सुरक्षित गरेको हो।

रत्नले दिएको १ सय ३९ रनको बिजयी लक्ष्य पछ्याएर ब्याटिङ गरेको सुनसरी १९ दशमलब ३ ओभरमा मात्र मात्र १ सय ७ रनमा समेटियो। सुनसरीका लागि गोपाल बहादुर र शिव यादबले समान १८ तथा बिवेक मेहताले १४ रन बनाउन बाहेक अन्य ब्याट्स मेनले राम्रो प्रदर्शन गर्न सकेनन्।

सुनसरीलाई सस्तैमा समेट्नका लागि रत्नका प्रवेश कामतीले ३ तथा निरितिया खडोलिया र अमृत सिंहले समान २ विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ्ग गरेको रत्नले १९ दशमलब १ ओभरमा अल आउट हुँदै १ सय ३८ रनको योगफल तयार पारेको थियो। रत्नका लागि निरितिया खडोलियाले ४१ रवि रोएले ३८ र कालि चरण यादवले २२ रन बनाएका थिए। सुनसरीका दुर्गा यादवले ३ विकेट लिए।

खेलको म्यान अफ द म्याच रत्न यूथ क्लब मोरङको निरितिय खडोलिया घोषित भए।प्रतियोगिता अन्तर्गत सोमबारको खेल आयोजक विरेन्द्रनगर क्रिकेट क्लब र राजघाट क्रिकेट क्लब बीच हुने आयोजकले जनाएको छ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close