रंगेली प्रहरीको सकृयतामा ४लाख रुपैयाबराबरको सामान पक्राउ

आईतबार २२ असोज २०७४ रंगेली केशव न्यौपाने-
इलाका प्रहरी कार्यालय रंगेली मोरङ्गले करिब ४लाख रुपैँया बराबरको सामान पक्राउ गरि भञ्सार बुझाएको छ। अबैध रुपमा नेपाल भित्य्राउन लागेको ति समान दुई दिनमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

तस्करहरुले रङेली प्रहरीको एरिया इलाका चोप्राहा, कर्सिया,जदाहाबाट नेपाल भित्य्राउन लागेको अवस्थामा नियन्त्रणमा लिएको रङ्गेली प्रहरी प्रमुख प्रहरी निरीक्षक सञ्जिब बाबु खड्काले जनाउनुभयो।

ति ईलाकाबाट अवैध रुपमा हुने भञ्सार छली, चोरी निकासी एवं पैठारी नियन्त्रण गर्ने उद्देश्य अनुरुप शनिवार इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले रेडिमेड कपडाहरु साडी, कुर्ता, तौलिया, गम्छा, भित्री बस्त्रहरु, भेस्ट धनपालथान ४ स्थित कर्सिया बजारबाट पक्राउ गरेको प्रहरीले जनाएको छ।

त्यसैगरी जहदागाउँपालिका ४स्थित पोखरियाबाट चिनी,तेललगायतका सामानसहित ढुवानीमा प्रयोग गरिएको भारतीय नम्बर BR 38 M 7935 को सुपर स्पलेण्डर मोटरसाइकल र रंगेली न.पा.४स्थित चोप्राहा नाकाबाट अवैध रुपमा भारततर्फ लाँदै गरेको अवस्थामा ४ थान गाई समेत बरामद गरी गरी आवश्यक कारबाहीको लागी भन्सार कार्यालय रानी, बिराटनगरमा बुझाईएको प्रहरीले जनाएको छ।

रंगेलीबाट खटिएको प्रहरी टोलीद्दारा बरामद गरिएको अन्दाजी ५० हजार रुपैँया बराबर एक बोरा अवैध आतेशबाजीका बिभिन्न प्रकारका पटाकाजन्य सामान इलाका प्रहरी कार्यालयको हाताभित्र स्थानीय भद्रभलादमी तथा सञ्चारकर्मीहरुको संयुक्त रोहबरमा खाडल खनि पानी हालेर पुरी नष्ट गरिएको प्रहरी निरीक्षक खड्काले बताउनुभयो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close