कांग्रेस र फोरम लोकतान्त्रिकबीच पार्टी एकतामा कुरा मिलेन

Radio Purbodaya
0
SHARES

२९ असोज, काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेस र फोरम लोकतान्त्रिकबीच पार्टी एकता तत्काललाई टरेको छ । यद्यपि प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता नगरुन्जेलसम्म सहमतिको प्रयास जारी राख्न दुबै दल सहमत भएका छन् ।

यद्यपि प्रत्यक्ष निर्वाचनको उम्मेदवारी नदिँदासम्म यो वार्तालाई जारी राख्ने सहमति भएको उनले जानकारी दिए ।पार्टी एकताको विषयलाई आज टुंगो लगाउने भनेर कांग्रेस र फोरम लोकतान्त्रिकका नेताहरुको संयुक्त बैठक आज बसेको थियो । बिहान ८ बजेदेखि करिब ५ पाँच घण्टासम्म चलेको छलफल निष्कर्षविहीन भएपछि फोरम लोकतान्त्रिकका नेताहरु समानुपातिकतर्फको बन्दसूची बुझाउन निर्वाचन आयोगको कार्यालय गएका थिए ।

कांग्रेसले आन्तरिक तयारी नगरेकाले एकतामा कुरा नमिलेको चौधरीले बताए । ‘कहाँ छाड्ने कहाँ दिने भन्नेमा उहाँहरु नै स्पष्ट हुनुहुन्न,’ चौधरीले भने, ‘यता सहमति पनि नहुने र बन्द सूची बुझाउने समय पनि घर्किने स्थिति देखेपछि हामी वार्ताबाट उठ्यौं ।’

चौधरीका अनुसार फोरम लोकतान्त्रिकले देशभरका लागि समानुपातिकको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ ।

२९ आश्विन २०७४, आईतवार ११:०३ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु


मुख्य खबरहरु