विकासको मेरुदण्ड सूचना प्रविधि : सञ्चारमन्त्री बस्नेत

काठमाडौं– सूचना तथा संचारमन्त्री मोहनबहादुर बस्नेतले मुलुकलाई समृद्ध बनाउन सूचना प्रविधिको क्षेत्रमा उल्लेख्य विकास गर्नुपर्नेमा जोड दिएका छन् ।

मन्त्री बस्नेतले विश्वका सबै राष्ट्रहरुको विकासको मेरुदण्ड सूचना प्रविधि भएको उल्लेख गर्दै त्यसको विकासमा लाग्नुपर्नेमा जोड दिएका हुन् ।

अर्जेन्टिनामा आयोजित विश्व दुरसंचार सम्मेलनमा सहभागी भई आईतबार विहान स्वदेश फर्किएको मन्त्री बस्नेतले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा संचारकर्मीमाझ संक्षिप्त प्रतिक्रिया दिँदै सम्मेलनमा सूचना प्रविधिको विकासबाट मात्रै हरेक मुलुकलाई समृद्ध बनाउन सकिने निष्कर्ष निकालिएको जानकारी पनि दिए ।

सम्मेलनमा सहभागी राष्ट्रहरुले नेपालले सूचना प्रविधिको क्षेत्रमा उल्लेख्य प्रगति गरेको बताउँदै त्यस क्षेत्रको दीगो विकासमा जोड दिनुपर्ने आवश्यक्ता औंल्याएका थिए ।

६० भन्दा बढि मुलुक सहभागी भएको सम्मेलनमा प्राकृतिक विपत्ति आईपर्दा सूचना प्रविधिको क्षेत्रमा देखिएको समस्या समाधानका विविध उपायबारे पनि छलफल गरिएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close