‘अल्ट्रा ट्रेल’ मा स्वर्ण पदक विजेतालाई प्रधानसेनापतिबाट सम्मान

Radio Purbodaya
0
SHARES

काठमाडौं– प्रधानसेनापति राजेन्द्र क्षेत्रीले नेपाली सेनाकोतर्फबाट ‘अल्ट्रा ट्रेल’ अन्तराष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण पदक विजेता ७ जना खेलाडीहरुलाई सम्मान गरेका छन् । नेपाली सेनाको मुख्यालय भद्रकालीमा आईतबार एक कार्यक्रम गरी सो खेलमा स्वर्ण पदक हात पार्न सफल नेपाली सेनाका सुवेदार समिर तामाङ, जमदार पूर्ण तामाङ, जमदार तीर्थबहादुर तामाङ, जमदार बेदबहादुर सुनुवार, हवल्दार उत्तम खत्री, हवलदार भीमबहादुर गुरुङ र सिपाही रोजिना भण्डारीलाई सम्मान गरिएको हो ।

कार्यक्रममा बोल्दै प्रधानसेनापति क्ष्ोत्रीले ‘अल्ट्रा ट्रेल’ खेलमा स्वर्ण पदक जितेर नेपाली सेनाका खेलाडीहरुको देशकै गौरव बढाएकाले उनीहरुलाई अझै उत्कृष्ट खेल प्रर्दशन गर्न हौसला मिलोस् भनेर सम्मान गरिएको स्पष्ट पारे ।

कार्यक्रममा ‘राष्ट्र विकासमा नेपाली सेना’ नामक पुस्तकको पनि विमोचन गरिएको थियो । पुस्तकको विमोचन गर्दै प्रधानसेनापति क्षेत्रीले नेपाली सेनाले जिम्मेवारी पाएको विकास निर्माणको कामलाई अझै उत्कृष्ट ढंगले सम्पादन गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले नेपाली सेनाले अति जोखिम र अति दूर्गम स्थानहरुमा सडक निर्माण गर्न सफलता हासिल गर्दै गएको पनि स्मरण गराए ।

पुस्तकमा नेपाली सेनाले हालसम्म सम्पन्न गरेका विकास निर्माणका कामको विवरण समावेश गरिएको छ ।

२९ आश्विन २०७४, आईतवार ११:२४ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु


मुख्य खबरहरु