उदाउँदो सूर्यलाई अर्घ दिएसँगै छठ पर्व सम्पन्न

Radio Purbodaya
0
SHARES

१० कात्तिक, काठमाडौं । उदाउँदो सूर्यलाई अर्घ दिएसँगै छठ पर्व आज सम्पन्न भएको छ । व्रतालुहरुले हिजो साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिएका थिए । रातभर जाग्राम बसेका उनीहरुले आज बिहान उदाउँदो सूर्यलाई विधिपूर्वक अर्घ दिएका हुन् ।

सूर्यलाई अर्घ दिन बिभिन्न जिल्लाहरुका नदी, तलाउ, खोला लगायतका किनारमा व्रतालुहरुको घुइँचो लागेको छ । खासगरी मिथिलाञ्चल क्षेत्रमा छठको विशेष उल्लास छ ।

छठ पर्वको अवसरमा आज पनि सरकारले सार्वजनिक विदा दिएको छ । यसअघि अस्ताउँदो सूर्यलाई अर्घ दिने दिनमात्रै सार्वजनिक विदा दिइन्थ्यो । यस पटक पनि छठमा दुई दिन सार्वजनिक विदा दिइएको छ ।

१० कार्तिक २०७४, शुक्रबार ०१:४७ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु


मुख्य खबरहरु