इटहरीलाई राजधानी बनाउन जागे जनता ,बृहत शान्ती र्‍याली गरिने

Radio Purbodaya
0
SHARES

प्रदेश तथा प्रतिनीधी सभाको निर्वाचन आउन केही दिन मात्र बाँकी छ । पुर्व क्षेत्रका उमेद्धारहरुले प्रदेश नं १ को राजधानी आ आफ्नो क्षेत्रमा बनाउने अश्वाशन दिदै जनतामाझ भोट मागिरहेका छन् । सरकारले निर्वाचन अगावै तोक्नु पर्ने प्रदेश प्रमुख र राजधानी तोक्न सकेको छैन । पुर्वका विभिन्न शहरहरुमा प्रदेश राजधानीको माग राख्दै प्रदर्शन तथा कार्यक्रम भईरहेको वखत पुर्वको मुख्य शहर इटहरीमा पनि राजधानी बनाउने माग स्वरुप दबाब मुलक बृहत शान्ती र्‍याली  हुने भएको छ ।

उत्तर धरान,दक्षिण दुहबी ,ईनरुवा बेलबारी
राजधानी बनाउछौ,ईटहरीलाई केन्द्रपारि

भन्ने नाराका साथ राजधानी सरोकार समाज इटहरीको आयोजनामा यही शनिबार विहान ७ बजे इटहरी उपमहा नगरपालिकाको कार्यलयबाट र्‍याली सुरु हुने आयोजकले बताएको छ । उक्त र्‍यालीमा सहभागी हुन इटहरी तथा इटहरी आसपासका सम्पुर्ण जनसमुदायलाई आह्वहान गरिएको छ ।
पुर्वको केन्द्रको रुपमा रहेको इटहरी प्रदेश राजधानी हुने चर्चा मुलुक संघियतामा गएदेखीनै सुरु भएको हो । अब संविधान कार्यन्वयन हुदैगरेको अवस्थामा र प्रदेश तथा प्रतिनीधीसभाको निर्वाचन अगाडि झन् पेचिलो बन्दै गएको छ । बसोबास,यातायात,भौगोलीक अवस्था तथा भौतिक पुर्वाधार सम्पुर्ण अवस्थाले इटहरी राजधानी हुन उपयुक्त रहेको जानकारहरुले बताउदै आएकाछन् ।
राजनितीक दलका शिर्ष नेताहरुले समेत प्रदेश नं १ को राजधानी इटहरीनै उपयुक्त भएको बताउदै आएका छन् ।

२३ कार्तिक २०७४, बिहीबार ११:१६ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु


मुख्य खबरहरु