प्रतिक्षा चिया गफ, रामप्रसाद खरेलको साथमा

इटहरी/प्रतिक्षा चिया गफको दोस्रो श्रृखला मिडियाकर्मी तथा कवि रामप्रसाद खरेलको साथमा सम्पन्न भएको छ । कार्तिक २५ गते शनिवार इटहरीको कृष्ण होटलको सभाहलमा भएको उक्त कार्यक्रममा युवाहरुको भूमिका, सृजनशिलता र अवसरका बिषयमा चर्चा परिचर्चा गरिएको थियो । साथमा कविता वाचन समेत गरिएको थियो । किर्तिमानी युवा संघ नेपालको आयोजनामा भएको चिया गफमा कवि रामप्रसाद खरेलले सकारात्मक सोच र त्यसले आफ्नो पेशा व्यवसायमा पार्ने प्रभावको विषयमा वोल्नुभएको थियो । भने दुइ कविताहरु समेत वाचन गर्नु भएको थियो । कार्यक्रमका विशिष्ठ वक्ता सुष्मा कलेज इटहरीका प्रिन्सिपल वोधराज नेपालले राजनैतिक तहमा नै युवाको सहभागिता र भूमिका खोजिनुपर्ने धारणा राख्नुभएको थियो । उहाँले भन्नुभयो – “एउटा वृद्घले मेवा रोप्ने सोच्दछ भने युवाले नरिवल रोप्ने सोच्दछ । किनभने युवा प्रवृति भनेको लामो यात्राको भिजन वनाउँने हो ।” कार्यक्रमका प्रमुख अतिथि इटहरी उपमहानगरपालिका वार्ड नम्बर ६ का वडा अध्यक्ष दिपक गौतमले सवै युवाहरुसगँ मिलेर काम गर्न आफू तयार भएको बताउँनु भयो । कार्यक्रममा सघर्षशिल महिला समुहकी अध्यक्ष सुमी थापा, ट्विटेरियन सोसाइटीका अध्यक्ष हिरा आचार्य, ट्रेड युनियन व्युटिसियन सघंकी अध्यक्ष मनिता तामङ, वाल सञ्जाल इटहरीका अध्यक्ष निरज पाण्डे लगायतले वोल्नु भएको थियो । किरण सिवाले सञ्चालन गर्नुभएको कार्यक्रम संघकी अध्यक्ष प्रतिक्षा अधिकारीको अध्यक्षतामा भएको थियो । प्रतिक्षा चिया गफ निरन्तर भइरहने अध्यक्ष प्रतिक्षा अधिकारीले जानकारी दिनुभयो । यो श्रृखला एक महिना अघिवाट शुरु भएको हो  

२६ कार्तिक २०७४, आईतवार ०९:०८ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु


मुख्य खबरहरु