प्रदेश नं १ को राजधानी इटहरीनै हुने: बाम उमेद्धार

Radio Purbodaya
0
SHARES

प्रदेश नं १ को राजधानी इटहरी र आसपासका क्षेत्र समेटेर इटहरीलाई बनाउने विषयमा कुनै कमजोरी नगर्ने बाम गठबन्धनका साझा उमेद्धारहरुले बताएका छन् । सुनसरी क्षेत्र नम्वर तीनका बामगठबन्धनका उम्मेद्वारहरुले यस्तो प्रतिबद्धता जनाएका हुन।
प्रतिनिधि सभामा प्रदेश नम्बर तीनकी बाम गठवन्धनकी साझा उम्मेद्वार भगवती चौधरीले पार्टीद्धारा यसअघि नै इटहरी प्रदेश राजधानीका रुपमा स्वीकार गरिसकेको बताउनुभयो। उहाँले इटहरी र इटहरी आसपासको क्षेत्रलाई प्रदेशको राजधानी बनाउन आफ्नो जोडदार पहल रहने बताउनुभयो।
यस्तै प्रदेशसभा क तर्फका उम्मेद्वार लिलम बस्नेतले इटहरी हरेक हिसाबले प्रदेशको राजधानी बन्न उपयुक्त रहेको बताउनुभयो। बस्नेतले इटहरी र इटहरी आसपासको क्षेत्रलाई प्रदेशको राजधानी बनाउने आफ्नो प्रमुख प्राथमिकता रहने बताउनुभयो।
केहि समय अघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इटहरी उपमहानगरको पहिलो नगरसभा उद्घाटन गर्दै इटहरी प्रदेशको राजधानी बन्न उपयुक्त हुने बताईसक्नुभएको छ।
चुनावी अभियानका क्रममा ईटहरीका बिभिन्न ठाँउमा भएको घरदैलो तथा कोणसभमा चौधरीले झुठा आश्वासन, पद र पैसाको प्रलोभन देखाउनेले जनताको कहिल्यै पनि भलो नगर्ने भन्दै सचेत गराउनुभयो।
उहाँले निर्वाचन पश्चात केन्द्र र प्रदेश दुवै तहमा बाम गठवन्धनको सरकार बन्ने निश्चित भएकाले आफ्नो जीत हुनबाट कसलै रोक्न नसक्ने दावी समेत गर्नुभयो।

२७ कार्तिक २०७४, सोमबार ०४:५८ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु


मुख्य खबरहरु