गजल

रबिन स्पर्श
कहिल्यै नभाग ती समस्याहरूबाट
जीवन भनेकै गुज्रिनु हो बाधाहरूबाट

चाँडो विश्वास गर्नु नै कमजोरी रहेछ
यही पाठ सिकेको छु धोकाहरूबाट

चाहे बाइबल रटाऊ या गीता घोकाऊ
उपलब्धि शून्य छ ती सुगाहरूबाट

हातहातमा राहदानी थमाएर सरकार

नागरिकता खोसिरहेछ युवाहरूबाट

आज पनि यो बस्ती भोकै निदाएछ
अनुमान लगाएँ चिसा चुलाहरूबाट

इलाम
हाल इटहरी

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close