मानबहादुर दियाली ‘राष्ट्रिय सेवा सम्मान २०७४’ सम्मानित

Radio Purbodaya
0
SHARES

काठमाण्डौ÷वराह ज्वेलरी इण्डष्ट्रिज प्रा.लि. धरान शाखाका प्रमुख मानबहादुर दियाली ‘राष्ट्रिय सेवा सम्मान २०७४’ सम्मानित हुनुभएको छ ।
व्यवसाय र समाजसेवाको क्षेत्रमा योगदान पुर्याएको भन्दै नागरिक एकता समाज काठमाण्डौले उहाँलाई सम्मान गरेको हो । नेपाल पर्यटन बोर्डको सभाहलमा यही कार्तिक २५ आयोजित एक कार्यक्रममा दियालीलाई सम्मान गरिएको थियो । मन्त्रिपरिषदका पुर्व अध्यक्ष खिलराज रेग्मी र समाजका अध्यक्ष सीताराम कार्कीले संयुक्त रुपमा दियालीलाई सम्मान पत्र प्रदान गर्नुभएको थियो ।

‘व्यवसायिक र सामाजिक क्षेत्रको माध्यमबाट मुलुकको आर्थिक विकास, सामाजिक सेवा र नागरिकहरुको सेवामा निरन्तर पवित्र सेवाभावले लागिरहनुहुने यहाँजस्तो सफल, अग्रणी युवाव्यक्तित्वलाई सम्मान गर्न पाउँदा ज्यादै खुशी लागेको छ ।आप्mनो व्यवसायको निरन्तरता, सामाजिक सेवा, यहाँको यात्रा र अभियान सफलतापूर्वक सम्पन्न होस् भन्ने कामना गर्दै नागरिक एकता समाजको तर्फबाट यहाँलाई राष्ट्रिय सेवा सम्मान २०७४ प्रदान गरिएको छ ।’ सम्मानपत्रमा भनिएको छ ।
वराह ज्वेलर्स धरानले व्यवसायिक समाजिक उतरदायित्व अन्र्तगत विभिन्न सामाजिक क्षेत्रमा पनि काम गर्दै आएको छ ।

२८ कार्तिक २०७४, मंगलवार ०३:४० मा प्रकाशित

सम्बन्धित शीर्षकहरु


मुख्य खबरहरु