प्रदेश नं १ वाम गठबन्धनको घोषणापत्र सार्वजनिक (घोषणापत्रको पुर्णपाठ सहित)

बाम गठबन्धनले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७४ को प्रदेश नं १ को साझा घोषणा पत्र सार्वजानिक गरेका छन् ।

स्वाधिनता,समृद्धी र समाजवादका आधार, एक नम्बर प्रदेशमा वामपन्थीको सरकार मुल नारा रहेको २३ पृष्ठको ८० बुदे लामो घोषणा पत्र नेकपा एमाले र नेकपा माओवादी केन्द्रले नेकपा एमालेको प्रदेश १ को कार्यलय इटहरीमा संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै सार्वजानिक गरेका हुन् ।

घोषणा पत्रमा आगामी दश बर्ष भित्रमा सम्पन्न हुने गरी सडक,रेल,हवाई,केवलकार,जलमार्ग, पदमार्ग, र गोरेटो घोरेटोको निर्माण , विस्तार तथा स्तोरोन्नती गर्ने । आगामी ५ वर्ष भित्र प्रदेश १मा भित्रिने पर्यटकको संख्या ५ लाख पुर्याउने । प्रति वर्ष कम्तीमा ५० हजार नयाँ रोजगारी सृजन ागर्ने । गरिबीको रेखामुनि रहेका नागरिकलाई राज्य सुविधा उपलब्ध गराउने । ५ वर्ष भित्र सामुहीक आवास गृह स्थापना गरि असहाय जेष्ठm विपन्न र सिमान्तकृत नागरिकको उचित व्यवस्थापन गरिने । एक गाउँ एक उत्पादनको निती अवलम्बन गर्दै आगामी २ वर्षमा खाद्यान्नमा आत्मनिर्भर बनाउदै अन्य प्रदेशमा निर्यात गर्न सक्ने बनाउने । ५ वर्षमा सम्पुर्ण चुरे क्षेत्रलाई वन्यजन्तु आरक्षण क्षेत्र घोषणा गर्ने । दश वर्षमा प्रदेश भित्र कम्तिमा ५ वटा नेशनल पार्क, ३ वटा वायोस्फायर जोन , १४ वटा विशेष संरक्षित क्षेत्र , १४ वटा संरक्षित सिमसार र ३ वटा वन्यजन्तु आरक्षको स्थापना गरिने । १५ हजार मेघावाट जलविद्युत उत्पादन गर्ने लगायतका महत्वकांक्षी घोषणा सार्वजानिक गरेका छन् ।

नेकपा एमालेका सचिव तथा प्रदेश नं १ का इन्चार्ज भिम आचार्यले सार्वजानिक गरेको घोषणापत्र सार्वजानिक कार्यक्रको सभापति माओवादी केन्द्रका पोलीटव्युरो सदस्य सावित्री कुमार काफ्ले हुनुहुन्थ्यो ।
घोषणा पत्रको पुर्णपाठ हेर्न यहाँ हेर्नुहोस ।

uml & maoist Province 1 manifesto final

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close