सिटी सफारी चलाउन पाउनु पर्ने एमाले माओवादीको माग

Radio Purbodaya
0
SHARES

ईजाजत पत्रमा उल्लेख भए अनुसार मात्र इ रिक्सा सिटी सफारी सञ्चालन गर्नुपर्ने पुर्व क्षेत्रीय ट्राफीक प्रहरी कार्यलय इटहरीको निर्णय प्रति इटहरीका दुई बाम घटक हरुले गंभिर आपत्ती जनाएका छन् ।
नेकपा माओवादी केन्द्र र नेकपा एमालेका इटहरी नगर इञ्चार्जले आज शुक्रबार संयुक्त विज्ञप्ती जारी गर्दै पुर्व क्षेत्रीय ट्राफीक प्रहरी कार्यलयको निर्णयले हजारौं युवाहरुको रोजीरोटीमा समस्या आउने र सो अनुसारको पुर्वाधार समेत इटहरीमा निर्माण नभएको भन्दै निर्णय फिर्ता लिन समेत माग गरेको छ ।
पुर्व क्षेत्रीय ट्राफीक प्रहरी कार्यलययले ट्राफीक व्यवस्थापन गर्न भन्दै रुट अनुसारमात्र चलाउन अनुरोग गर्दै आएको छ ।

१ मंसिर २०७४, शुक्रबार १२:३६ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु


मुख्य खबरहरु