मायाघर निर्माणार्थ इटहरीमा श्रीमद्भागवत ज्ञान महायज्ञ हुने 

असहाय तथा हिंसा पिडितहरुको लागि सुरक्षा आवास गृह मायाघर  निर्माण सहयोगार्थ पूर्वाञ्चलकै पहिलो पटक श्रीमद्भागवत ज्ञान महायज्ञ सप्ताह तथा जीवन दर्शन ज्ञान यज्ञ इटहरीमा हुने भएको छ ।                                    श्री राधिका दासी जी महाराज सहित इटहरी वासी महिला हक अधिकार तथा हितको लागी काम गर्दै आएका संघ सस्थाका प्रतिनिधि महिलाहरुको संयुक्त प्रयास तथा इटहरीका बिभिन्न संघ सस्था, स्थानीय निकाय, सुरक्षा निकाय, राजनैतिक दल, उद्योग बाणिज्य संघको समेत सहभागितामा यो कार्यक्रम गर्न लागिएको बताईएको छ ।

आयोजकको अनुसार

यही पुस ८ गतेदेखि इटहरीमा श्रीमद्भागवत ज्ञान महायज्ञ तथा जीवन दर्शन कार्यक्रम हुने   सो कार्यक्रममा संकलन भएको रकमबाट भागवतमा मलागेको खर्च कटाएर सम्पुर्ण रकम सुरक्षा आवास गृह निर्माण गरिने छ  । पिडीत महिलाहरुलाई पुर्नःस्थापना, मनोबिर्मस तथा तालिम हल सहित पहिलो चरणमा  १५ कोठा भएको भवन निर्माण गरीने छ । उक्त भवन निर्माणको लागी इटहरी २ स्थित हवाईचौक मा महिला सिप बिकास केन्द्र नेपाल र विकासका लागि शसक्तीकरण केन्द्र  (क्लिन नेपाल)  सस्थाले ३ कट्ठा ३ धुर जग्गा प्रदान गरेको छ । उक्त स्थानमा भवन निर्माण गरीने छ । पहिलो चरणको भौतिक पूर्वाधारको लागि जग्गा वाहेक एक करोड २० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । भवनको नक्सा र यथार्थ स्टमेट तयार हुने क्रममा छ ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close