इटहरीमा बम विस्फोट, एक नाबालक सहित ३ जना घाइते

सुनसरीको इटहरी उपमहानगरपालिका–९ भलाद्मीटोलमा बिहीबार अज्ञात समुहले गराएको बम विस्फोटमा परी एक नाबालकसहित ३ जना घाइते भएका छन्।

घाइते हुनेमा धनबहादुर श्रेष्ठ, समृना अधिकारी र एक वर्षिय बालक यौवन न्यौपाने रहेका छन्। घाइतेमध्ये बालकको अवस्था गम्भीर रहेको र तीनै जनाको अहिले धरानमा रहेको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।

नेपाली कांग्रेसले आयोजना गरेको चुनावी सभाको मन्च नजिकै दिउँसो १२ बजे सुतली बम विस्फोट भएको हो।

चुनावी प्रचारमा राज्यमन्त्री सुमित्रा चाैधरी र उपप्रधानमन्त्री बिजया कुमार  गच्छदारकाे श्रीमतीकाे पनि उपस्थिति रहेकाे इलाका प्रहरी कार्यालय इटहरीले जनाएकाे छ । हाल साे स्थानमा शुरक्षा ब्यवस्था कडा पारीएकाे प्रहरीले जनाएकाे छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close