मोरङमा  मतगणना सुरु

सर्वदलीय बैठकपछि मोरङमा शुक्रबार ११ बजेदेखि  मतगणना सुरु भएको छ।

अहिले मोरङको क्षेत्र नम्बर ३ र ६ को मतगणना सुरु भएको छ। सो निर्वाचन क्षेत्रको मत गणना तीन ठाउँमा सुरु गरिएको मोरङका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले जानकारी दिए।

उनका अनुसार केही समयपछि मोरङका ६ वटै निर्वाचन क्षेत्रको मत गणना हुने बताए।

मोरङमा ६ लाख ४४ हजार ७ सय ८२ मतदाता रहेको जिल्लामा ७२ प्रतिशत मत खसेको क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरका सूचना अधिकृत हेमन्त श्रीवास्तवले जानकारी दिए।

उनका अनुसार मोरङमा  ४ लाख ६८ हजार ३ सय  ५ मत खसेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close