इटहरीमा अञ्जली टेक्नीकल ट्रेनिङ्ग इन्सटिच्युट सञ्चालनमा

Radio Purbodaya
35
SHARES

इटहरी,फागुण ४
स्वदेश तथा विदेशमा रोजगारीको क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको अञ्जली ग्रुपले दक्ष जनशक्ती उत्पादन गर्ने उद्धेश्यले सुनसरीको इटहरीमा अञ्जली टेक्नीकल ट्रेनिङ्ग इन्सटिच्युट सञ्चालनमा ल्याएको छ । शुक्रबार इटहरीमा एक कार्यक्रमको विच वैदेशिक रोजगार व्यवसायि महासंघका महासचिव गणेश गेलालले इन्सटिच्युटको उद्घाटन गर्नु भएको हो ।
इन्सटिच्युटमा स्वदेश तथा विदेशमा दक्ष जनशक्ती आपुर्ति गर्न स्कापफोल्डर, प्लम्बीङ्ग, मेसन, कार्पेन्टर, स्टीलफिक्चर आदिको तालीम दिइने प्रबन्धक गणेश ओलीले बताउनु भयो । चाडैनै एसी बनाउने तालीम, सिलाईकटाई र सेक्युरीटिगार्ड सम्बन्धी तालीम पनि सञ्चालन गर्ने अर्का प्रबन्धक पुष्प ओलीले बताउनु भयो ।
कार्यक्रममा सम्बोधन गर्दै वैदेशिक रोजगार व्यवसायि महासंघका महासचिव गेलालले सिप सिकेर जाने मानिसहरुले स्वदेश तथा विदेशमा अवसरका साथै पारीश्रमीक पनि राम्रो पाउने भन्दै अञ्जली टेक्नीकल ट्रेनिङ्ग इन्सटिच्युटले राम्रो कार्य गरेको बताउनु भयो । अञ्जली ग्रुपका अध्यक्ष भानु शिवाकोटीले रोजगारको क्षेत्रमा कामगरेको अनुभवको आधारमा तालीम आवश्यक रहेको बुझेर पुर्वको केन्द्र इटहरीमा यस्तो सेन्टर खोलीएको बताउनु भयो । कार्यक्रममा प्रेस चौतारीका उपाध्यक्ष लिलाराज भट्टराई, वैदेशिक रोजगार व्यवसायि महासंघका सुनसरी उपाध्यक्ष लगायतले शुभकामना दिनु भएको थियो ।

६ फाल्गुन २०७४, आईतवार ०७:१२ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु


मुख्य खबरहरु