खरेलको एकल वाचन 

Radio Purbodaya
46
SHARES

कवि तथा सञ्चारकर्मी रामप्रसाद खरेलको एकल कविता वाचन गरिएको छ । शुक्रबार चेतना संरक्षण प्रतिष्ठान नेपालले विराटनगरमा आयोजना गरेको चेतना मासिक कार्यक्रममा खरेलको कविता संग्रह अक्षरमा मान्छे भित्र र त्यसबाहेकका गरी ७ वटा कविता वाचन गरिएको थियो ।

मकालु टेलीभिजनको सभाहलमा सम्पन्न भएको कार्यक्रममा खरेलले “यो बोट, अध्यारो कोठाबाट, फूल्नबाकी फूल , रातो डायरी, मृत्यूको नजिक, मन पोखिएपछि र बा” शिर्षकको कविताहरु वाचन गरेका थिए ।

कार्यक्रममा आयोजकका तर्फवाट उमेश दहालले उपस्थित अतिथीहरुलाई स्वागत मन्तव्य राखेका थिए । रमा प्रसाद रिजालको प्रमुख आतिथ्यमा सम्पन्न भएको एकल कविता वाचनमा सभापति गंगा सुवेदी हुनुहुन्थ्यो भने कार्यक्रम सञ्चालन मिन कुमार नवोदितले गर्नु भएको थियो ।

चेतना संरक्षण प्रतिष्ठान नेपालले प्रत्येक महिना चेतना मासिक कार्यक्रम आयोजना गर्दै आएको छ  । कवि खरेलको एकल वाचन चेतना मासिक कार्यक्रम एकाईसौँ श्रृङ्खला हो । खरेलको अक्षरमा मान्छे कविता संग्रह सँगै महान् वाणी, रे र रेडियो पत्रकारिता लगायतका कृती प्रकाशीत छन् ।

२ चैत्र २०७४, शुक्रबार १५:१२ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु


मुख्य खबरहरु