जि.पी. कोइराला सडक बन्ने भएपछी रतुवामाईबासी हर्षित 

मोरङको रतुवामाई नगरपालीका – ५ गोविन्दपुरका स्थानियबासीन्दाहरु जि.पी. कोइराला सडक कालो पत्रे हुने भएपछी हर्षित भएका छन् ।
सरकारको लगानीमा हुलाकी राजमार्ग संगै जोडीएको स्व. गिरिजा प्रसाद कोइराला नामाकरण गरिएको कृष्ण चोक गोविन्दपुर देखी आईतबारे सडक खण्डको करिव साढे ३ किलो मिटर सडक कालो पत्रे हुने भएपछी स्थानियबासीहरु हर्षित भएका हुन् ।
मंगलबार एक कार्यक्रम बिच प्रतिनिधीसभा सदस्य डा. मिनेन्द्र रिजाल विधिवत रुपमा पुजाअर्चना गरी सडकको शिलान्यास गर्नुभएको छ ।
५ करोडको लागतमा ५० फिट चौडाई र नाला सहित कालोपत्रे सडक बनाउने गरी रौता आर.के जेभी ले १ वर्ष भित्रमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का पाएको छ ।
सडक शिलान्यास संगै ठेकेदारले सडकको निर्माण समेत थालेको छ । सडक निर्माण हुने भएसंगै सो क्षेत्रका करिव १ हजार बढी परिवार लाभान्वीत हुने भएका छन् ।
सो अवसरमा शिलान्यास समारोहलाई सम्बोधन गर्नुहुदै प्रतिनिधीसभा सदस्य डा.रिजालले सडक निर्माणले स्थानियको जिवन शैली संगै गोविन्दपुरको विकासमा मदत पुग्ने हुनाले सबैले विकास निर्माणको कार्यलाई सहयोग गर्नुपर्ने बताउदै क्रमागत रुपमा राष्ट्रीय राजर्माग सम्म सो सडक लाई जोड्ने बताउनुभयो ।
रतुवामाई नगरपालीकाका मेयर रविन राईले बाढी जन्य प्रकोप बाट पिडीत बन्दै आएको स्थानियहरुलाई तत्काल सहयोग पु–याउन तथा उद्दार गर्न सो सडक निर्माणले सहज हुने बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close