अखिल नेपाल विद्युतिय रिक्सा श्रमिक संघको सम्मेलन आयोजक समिती गठन

Radio Purbodaya
0
SHARES

आज इटहरीमा एक कार्यक्रम विच माओवादी केन्द्र निकटको विद्युतिय रिक्सा चालकहरुको सँगठन नेपाल विद्युतिय रिक्सा श्रमिक संघको विभिन्न तहका सम्मेलन आयोजक समिती गठन गरिएको छ  ।

सञ्जय आचार्यको नेतृत्वमा १३ सदस्य अखिल नेपाल विद्युतिय रिक्सा श्रमिक संघको जिल्ला सम्मेलन आयोजक समिति गठन गरिएको छ ।  झापा मोरंग सुनसरी र उदयपुरका मजदुरहरुको उपस्थितीमा कुमार तामाङ्गको नेतृत्वमा एक नम्बर प्रदेश अखिल नेपाल विद्युतिय रिक्सा श्रमिक संघको सम्मेलन आयोजक समिती गठन गरिएको छ ।

पुर्व मजदुर ईञ्चार्ज तथा माओवादी केन्द्रका पोलीटव्युरो सदस्य हिमाल सुवेदीको प्रमुख आतिथ्य साथै अखिल नेपाल विद्युतिय रिक्सा श्रमिक संघका केन्द्रीय अध्यक्ष राजन सुवेदीको विशिष्ट आतिथ्य र अखिल नेपाल ट्रेड युनियन महासंघ एक नम्बर प्रदेश अध्यक्ष टिका प्रसाईको आतिथ्यता भासी, इनरुवा, दुहवी तथा धरानका मजदुरहरुको  उपस्थितमा  आयोजक समिती गठन गरिएको हो ।

९ चैत्र २०७४, शुक्रबार १४:२१ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु


मुख्य खबरहरु