उद्योग वाणिज्य संघ धनकुटाका वरिष्ठ उपाध्यक्ष ठेगनाथ घिमिरेको निधन

धनकुटाका  समाजसेवी एवं  उद्योग वाणिज्य संघ धनकुटाका वरिष्ठ उपाध्यक्ष ठेगनाथ घिमिरेको शुक्रबार बिहान निधन भएको छ । निमोनियाको कारण फोक्सोमा जटिल समस्या भएपछि ११ दिनदेखि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आईसीयु कक्षमा उपचार भइरहेको थियो ।

७१ वर्षीय घिमिरेको शुक्रबार  बिहान करिब ५ बजे निधन भएको  हो ।

बि सं २००५ सालमा जन्मनु भएका  स्वर्गीय  घिमिरेको एक श्रीमती,दिुई छोरा र पाच छोरीहरु हुनुहुन्छ ।

घिमिरेको शुक्रबार अपराह्न मुलघाटस्थित तमोर नदीमा अन्त्येष्टि गरिएको छ । अन्तिम श्रद्धाञ्जलीका लागि उनका आफन्त, व्यवसायी र सयौ सर्वसाधारणको उपस्थिति थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close