मोरङ को रतुवामाई नगरपालिका खुल्ला दिसामूक्त

११ साउन , रतुवामाई । मोरङ को रतुवामाई नगरपालिका खुल्ला दिसामूक्त नगर घोषणा भएको छ ।
नगरपालिकाको वडा नम्बर १ कल्याणपुर मा आयोजित एक कार्यक्रममा खुल्ला दिसामुक्त नगर घोषणा गरिएको हो ।
रतुवामाई नगरपालिकाका २ देखि १० सम्मका सबै वडाहरु यस अघिनै खुल्ला दिसामुक्त वडा घोषित भैसकेका थिए । आज १ नम्बर वडाको घोषणा पछि रतुवामाई नगरपालिका पुर्ण रुपमा खल्ला दिसामुक्त नगर घोषणा भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधी सभाका सदस्य डा. मिनेन्द्र रिजालले खुल्ला दिशामुक्त व्यानरमा हस्ताक्षर गर्दै रतुवामाई नगरलाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्नुभएको हो । प्रतिनिधि सभा सदस्य डा.्र रिजालले नगरपालिकाको दक्षिणी भेगमा आर्थिक सामाजिक रुपमा पछाडि परेका बासिन्दाहरुका.े वाहुल्य रहेता पनि खुल्ला दिसामुक्त नगर घोषणा गर्न सक्नुलाई रतुवामाई नगरपालिकाको महत्वपूण उपल्बधी भएको उल्लेख गर्नुभयो । नगरबासिहरुमा बृद्धि हुदै गएको चेतना स्तर प्रति उहाले प्रशन्नता ब्यक्त गर्नुभयो ।
नगरमा जम्मा १२ हजार ५ सय ५८ घरधुरि रहेको र १२४०० घरमा शौचालय निर्माण भैसकेको प्रमुख प्रशासकिय अधिकृत प्रदिप शाहले जानकारी दिनुभयो । बाँकि १५८ घरमा चाँडै शौचालय निर्माण हुनेपनि उहाले जानकारी दिनुभयो ।
मोरंगको दक्षिणी भेगमा रहेका स्थानिय तहहरुमा खुल्ला दिशामुक्त घोषणाहुने पहिलो नगरपालिका हुने अवसर प्राप्त भएको भन्दै नगर प्रमुख रबिन राईले प्रशन्नता ब्यक्त गर्नुभयो । उहाले यस अभियान लाई साथ दिने सबै प्रति आभार प्रकट गर्दै नगरपालिकाले सञ्चालन गरेका हरेक योजनाहरुलाई रचनात्मक सहयोग गर्न नगरबासीहरु लाई आग्रह गर्नुभयो ।
कार्यक्रममा स्थानिय कलाकारहरुले जनचेनामुलक नाटक समेत प्रस्तुत गरेका थिए ।
कार्यक्रममा खुल्ला दिसामुक्त अभियानमा सहयोग पुरयाउने ब्यक्तिहरुलाई प्रमाणपत्र सहित सम्मान समेत गरियो ।
कार्यक्रमलाई जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेस पोख्रेल, उप प्रमुख प्रकाश शाह , नगर उप प्रमुख दमयन्ता चुडाल , सुनबर्षी नगरपालिका का प्रमुख कालि प्रसाद शाह लगायतले सम्बोधन गर्नुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close