सर्वोच्चले छोडेलगत्तै विश्वकर्मा फेरि पक्राउ, नुवाकोटमा मुद्दा

Radio Purbodaya
0
SHARES

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता तथा पूर्वमन्त्री खड्गबहादुर विश्वकर्मा फेरि पक्राउ परेका छन्।

सर्वोच्च अदालतले उनलाई बिहीबार रिहा गर्न आदेश दिएको केही समयमै प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। उनीविरूद्ध नुवाकोटमा आगजनी र तोडफोड गरेको मुद्दा छ। सोही मुद्दामा अनुसन्धान गर्न प्रहरीले उनलाई नुवाकोट पुर्‍याउँदै छ।

यसअघि चन्दा उठाएको लगायतको अभियोगमा साउन ३० गते काठमाडौं प्रहरीले उनलाई पक्रेको थियो। भदौ १ गते सर्वोच्चले उनलाई रिहा गर्न आदेश दिएको थियो। त्यसलगत्तै प्रहरीले उनलाई फेरि पक्राउ गरी काभ्रे लगेको थियो। काभ्रेमा पनि विश्वकर्माविरूद्ध मुद्दा थियो।

उनीविरूद्द भोजपुरमा पनि चुनावमा हिंसा भड्काएको भन्दै उजुरी परेको छ

८ भाद्र २०७५, शुक्रबार ०६:५६ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु


मुख्य खबरहरु