पूर्वी क्षेत्रबाट आउने जहाजका लागि भने सिमरा

Apr 30, 2018
Responsive image

त्यसपछि नेपाल र भारतबीचको हवाईसेवा सम्झौताबाटै यो रुट स्थापित भएको थियो । तर, नेपालले  ठमाडौंबाहिर भैरहवा र पोखरामा अन्तर्रा्ष्ट्रिय विमानस्थल बनाइरहेको छ । यी विमानस्थलमा नेपालको महेन्द्रनगर या नेपालगन्ज क्षेत्रबाट आउने जहाज सिमरा पुगेर पुनः भैरहवा घुम्नुपर्दा कम्तीमा २० मिनेट बढी समय लाग्ने अनुमान प्राधिकरण गरेको छ ।

यसबाहेक पोखरामा अझ बढी समय लाग्ने अनुमान प्राधिकरणले गरेको छ । त्यसकारण यी विमानस्थल सञ्चालनमा आएपछि सेवा महँगो नपरोस् भनी थप प्रवेश बिन्दु मागिएको हो । पूर्वी क्षेत्रबाट आउने जहाजका लागि भने सिमरा नै उपयुक्त प्रवेश बिन्दु रहको प्राधिकरणका महानिर्देशक गौतमले बताए ।

प्रधानमन्त्री केपी ओलीले भारत भ्रमण उपलब्धिमूलक भएको दाबी गरेका छन् । बराबरीका आधारमा सम्बन्ध स्थापित गरिएको उनले तर्क गरेका छन् । भारत भ्रमणका क्रममा आफूले नेपाललाई एउटा मात्रै हवाई रुट उपलब्ध गराएर नहुने कुरा राखेको ओलीले बताएका छन् । उनले भैरहवा एयरपोर्टबाट अन्तर्रा्ष्ट्रिय उडान भर्दा दिल्लीबाट सीधै भैरहवाको रुट भारतले दिनुपर्ने बताए ।


Share Post :