भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पहिलो नेपाल भ्रमण

Apr 30, 2018
Responsive image

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पहिलो नेपाल भ्रमण गरेको वेला भारतले नेपालतर्फ जहाज प्रवेश बिन्दु थपिदिने विषय अझै टुंगो  लगेको छैन ।
२०१४ अगष्टमा राजनीतिक स्तरमा सहमति भई प्राविधिक तहमा आइसकेको यो विषय साढे चार वर्ष नाघिसक्दा समेत टुंगो नलागेको हो  । नेपालमा निर्माणाधीन दुई अन्तर्रा्ष्ट्रिय विमानस्थल भैरहवा र पोखराका लागि थप जहाज प्रवेश मार्ग आवश्यक रहेको छ ।

पछिल्लो समय नेपाल र भारतका अधिकारीबीच सन् २०१६ मा द्विपक्षीय छलफलबाट थप प्रवेश बिन्दुको विषयलाई अध्ययनबाट टुंग्याउने सहमति भएको थियो ।अहिले नेपालमा भारतीय आकाश प्रयोग गरेर आउने सबै जहाजका लागि एउटा मात्र प्रवेश मार्ग (सिमरा) उपलब्ध रहेको छ । नेपालबाट बाहिरिने बिन्दु भने ५ वटा रहेका छन् । चीन र भुटानबाट आउने–जाने जहाजका लागि भने उत्तर र पूर्वी नेपालमा छुट्टै रुट उपलब्ध छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय स्रोतका अनुसार भारतले मागेको समयमा नेपालको तयारी नपुग्ने र नेपालले मागेको समयमा भारतले समय दिन नमान्दा दुई वर्षयता नेपाल–भारत प्राविधिक टोलीको वार्ता हुन नसकेको हो ।

नेपालले थप चार प्रवेश मार्ग उपलब्ध गराउन भारतसँग प्रस्ताव गरेको छ । सिमराबाहेक विराटनगर, जनकपुर, नेपालगन्ज र महेन्द्रनगरबाट पनि जहाज भित्रन सक्ने गरी प्रवेश बिन्दु माग गरेको हो ।भैरहवा तथा नेपालगन्ज आसपासको भारतीय आकाशमा भारतीय एयरफोर्सका जहाज उड्ने भएकाले व्यावसायिक उडानका जहाजलाई प्रवेश मार्ग दिन नसकिने भारतले स्पष्ट पारेको छ ।


Share Post :