​७९ वर्षीया वृद्धाको सामूहिक बलात्कार पछि जिब्रो काटियो

Apr 30, 2018
Responsive image

काठमाडौं । इलाममा ७९ वर्षीया वृद्धाको सामूहिक बलात्कार भएको छ । रोङ गाउँपालिका–१, शान्तिपुर बस्ने वृद्धालाई आइतबार राति ११ बजे अज्ञात व्यक्तिको समूहले बलात्कार गरेको हो ।

जिल्ला प्रहरी कार्यालय इलामका अनुसार बलात्कारपछि वृद्धाको जिब्रो समेत काटिदिएका छन् ।  अहिले अनुसन्धानका लागि एक जना प्रहरी निरीक्षक नेतृत्वको टोली शान्तिपुरतर्फ गएको  प्रहरी नायब उपरीक्षक रमेश बस्नेतले बताए ।

पीडित वृद्धाको झापाको बिर्तामोडस्थित बिर्तासिटी हस्पिटलमा उपचार भइरहेको छ ।


Share Post :