हाम्रो बारेमा

परिचय
समाज, राष्ट्र तथा विश्व समाजको पूर्णविकासमा सहयोग पुर्याउँन र समाजमा सूचना, मनोरञ्जन तथा शिक्षा प्रदान गर्नका लागि अलाइन्स मिडिया प्रा.लि. मार्फत हामीले नेपालको हरित तथा सुन्दर सहर इटहरीबाट रेडियो पूर्वोदय ९०.४ मेगाहर्जको प्रसारण गरेका छौं । वि.सं. २०६९ साल माघ ६ गतेवाट यसको प्रसारण शुरु भएको हो । ५०० वाटको यो रेडियो अत्याधुनकि रेडियो प्रविधिमार्फत संचालन भइरहेको छ । यसमा समाजका प्रतिष्ठित व्यक्ति तथा मिडियाको क्षेत्रमा लामो समयदेखि अनुभव प्राप्त व्यक्तिहरुको संल्गनता रहेको छ । हामीलाई मार्फत संसारभर सुन्न सकिन्छ ।
उद्देश्य
रेडियो पुर्वोदयको उद्देश्यहरु निम्मनुसार रहेको छ । यी उद्देश्यहरुलाई आफ्ना कार्यक्रम, समाचार तथा सूचना अनि गीतसंगीतमार्फत पूरा गरिनेछ । आवश्यकता अनुसार यो वाहेक श्रोतामाझँ वा समुदायसगँ प्रत्यक्ष रुपमा नै विभिन्न कार्यक्रमहरु गरिने छ ।
१) समाजमा सकारात्मक सोच, चिन्तन, सामुदायिक भावनाको संचार गर्नु तथा सकारात्मक कामहरुलाई प्रोत्साहित र प्रवद्घन गर्ने ।
२) शिक्षा, स्वास्थ्य र आर्थिक विषयवस्तुलाई मुख्य प्राथमिकतामा राख्दै कार्यक्रम संचालन गर्ने ।
३) भाषा, साहित्य, कला, गीतसंगित, संस्कृतीको संरक्षण तथा विकास गर्ने ।
४) विसंगती, विकृति, अन्धविस्वास र रुढीवादी चिन्तनलाई निरुसाहित गर्दै वैज्ञानिक अवधारणलाई स्थापित गर्ने ।
५) सत्य समाचार स्वास्थ्य मनोरञ्जन सम्प्रेषण गर्ने ।
६) सूचना, विज्ञापन र कार्यक्रमको माध्यमवाट उद्योग, ब्यवसाय र ब्यापारलाई प्रवर्धन गर्ने ।
७) समाज, राष्ट्र तथा विश्व समाजको पूर्णविकासमा सहयोग पुर्याउँने र समाजमा सूचना, मनोरञ्जन तथा शिक्षा प्रदान गर्ने ।
८) भ्रष्टचारको उन्मुलन तथा सुशासनको स्थापना गर्न सहयोग पुर्याउँने ।
९) महिला, पुरुष, वालवालिका, अपाङ्ग, अल्पसंख्यक समुदाय, तेस्रो लिङ्गी, जेष्ठ नागरिक आदिको अधिकारका बारेमा वहस तथा पैरवी गर्ने ।
१०) मानव अधिकार संरक्षण, कानुनी राज्यको स्थापना र राज्यसम्म पहुँच नपुगेका नागरिकहरुलाई न्यायिक अधिकारका लागि प्रयत्न गर्ने ।
११) नागरिकहरुलाई उर्जाशिल वनाईराख्न प्रेरणायुक्त कार्यक्रमहरु संचालन गरी सहयोगीको भूमिका निवार्ह गर्ने । यस्तै समाजमा राम्रो, प्रेरणादायी तथा अनुकरणिय काम गर्ने व्यक्ति वा संस्था आदिलाई सम्मान गर्ने ।

प्रसारण क्षमता तथा क्षेत्र
क) ५०० वाटको ट्रान्समिटर ।
ख) फ्रिक्वेन्सी ९०.४ मेगाहर्ज ।
ग) पूर्वाञ्चलका अधिकासं क्षेत्र तथा भारतको पश्चिम वंगाल तथा विहारका केही भागहरु ।
घ) अनलाईन धधध।उगचदयमबथबाm।अयm मार्फत संसारभर सुन्नसकिने ।
ङ) प्रसारण समय विहान ५ देखि राती १० वजेसम्म जम्मा १७ घण्टा ।
सहकार्य
हाम्रो उद्देश्य पूरा गर्न समाजमा रहेका स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय सघंसंस्था, सहकारी, व्यापारिक प्रतिष्ठान, बैंक तथा वितिय संस्थाहरु, उधोग, व्यापारिक फर्म, पेशागत सघ संगठन, व्यवसायिक सघं संगठन, स्वास्थ्य तथा शैक्षिक संस्था, अधिकारवादी संघसंस्था आदिसगँ समन्वय र सहकार्य गर्दै अघि वढ्न हामी प्रयत्नशिल रहनेछौं । साथै सरकारी निकायसगँको सहकार्य र समन्वय हाम्रालागि अनिवार्य नै हुनेछ । सबैसगँ हामी सहकार्य अनि सहयोग आदनप्रदानका लागि हार्दिक अपिल गर्दछौं । हामीलाई सहयोग गरिदिनुहुनका लागि विनम्र अनुरोध गर्दछौं ।

Close